Saturday, April 18, 2009

रमाइलो वेब साईट

ईन्टरनेट सर्च गर्दै जाँदा एउटा रमाइलो साईट भेट्टाइयो । यदी तपाईंलाई ग्राफिक डिजाईन आउँदैन र आफ्नो फोटोहरुमा effect दिनु मन लागेको छ भने यो साईट तपाईंलाई उपयोगी हुन सक्छ । यो साईट खोल्ने बित्तिकै बिभिन्न efficts हरु सहितको फोटो हरु देखिन्छन , तपाईंलाई आफ्नो फोटोमा कुन effict हाल्नु मन लागेको छ त्यसलाई क्लिक गर्नुस् । effict मा क्लिक गरी सके पछी खुलेको पेजमा browse गरेर तपाईंको कम्प्युटरमा भएको तपाईंको फोटोलाई location दिनुस् । आफ्नो फोटो सेलेक्ट गर्दा सके सम्म आफ्नो फेस पुरा देखिएको फोटोलाई choose गर्नुस् । एक छिन पर्खनुस् र हेर्नुस् तपाईंको फोटोमा तपाईंले छान्नु effect बसी सकेको हुनेछ ।

1. ईन्टरनेट browser मा यो address टाईप गर्नुस http://photofunia.com/
पेज खुली सके पछि त्यहा भएका effect हरु मध्य कुनै एउटा effect छानेर क्लिक गर्नुस्


२. browse मा क्लिक गरेर तपाईंको कम्प्युटरमा तपाईंको फोटो कहाँ छ त्यसको location दिनुस् ।




३. एक छिन पर्खनुस् ।



४. effect सहितको तपाईंको फोटो तयार हुनेछ । अब त्यसलाई save गर्नु हुन्छ कि postcard को रुपमा अरुलाई पठाउनु हुन्छ कि ?? publish गर्नु हुन्छ कि ? गर्न सक्नु हुनेछ ।

No comments: