Friday, January 30, 2009

पश्चिममा Internetको कल्पना हुनुभन्दा लाखौं बर्षपहिले नै पुर्वमा इन्द्रनेट को आविस्कार भैसकेको थियो ।

पश्चिममा Internetको कल्पना हुनुभन्दा लाखौं बर्षपहिले नै पुर्वमा इन्द्रनेट को आविस्कार भैसकेको थियो ।

इशापुर्वको बिसलाख बर्षपहिले 5000 mbps क्षमताको यो प्रबिधिले आकास , पाताल र धर्तीबिच त्रिलोकीय संपर्क स्थापित गर्दथ्यो ।

इन्द्रनेटका वास्तविक आविस्कारक स्वर्गका राजा इन्द्र हुन् । उनले ब्रम्हाको सहयोगमा यो प्रबिधि बिकास गरेर यसको नाम इन्द्रनेट राखेका थिए ।

इन्द्रनेटको First launching Program मा सबैले 'वाह ! वाह !!वाह !!'भनेर बधाइ दिएपछि इन्द्रनेटअगाडी www,र Organization को 'org' भएजस्तै Sworganization को छोटकरी 'Srg' राखिएको हो ।

एक जनाबाट दोश्रो, तेश्रोहुंदै संबन्धित ठाउंसम्म खबर आदान प्रदान गर्ने आदीकालिन 'हातेमालो सञ्चार' नै अहिले 'Hotmail' का रुपमा बिकसित भएको हो ।

झांक्रीहरुले अदृश्य शक्तिसंग कुरा गर्न 'मसान जगाउने कला'को आधुनिक स्वरुप 'Messenger' हो ।

इन्द्रनेट ISP Provider को आधिकारिक Website को नाम www.इन्द्रनेट.srg हो ।

इन्द्रनेटको सबैभन्दा लोकप्रिय Program को नाम हो-- I-Talk। I-Talk बाट सुरहरुले मृतात्मा र असुरहरुले प्रेतात्माहरुसंग 'online' कुराकानी गर्ने गर्दथे ।

apd/nep2004 नामक अन्तर व्रम्हाण्डीय भु-उपग्रह चन्द्रलोक र सुर्यलोकको मैत्रीकेन्द्रबाट भुमध्यरेखाको सिधा पारेर तिनै लोकमा संकेत पुग्ने गरी इन्द्रनेट प्रक्षेपण गरिएको थियो ।

इन्द्रनेटमा ब्यक्तिगत Account खोल्न आफ्नो न्वारानको नामलाई User Name र जन्ममितिलाई Password को रुपमा प्रयोग गर्नु पर्दथ्यो।

इन्द्रनेटको लोकप्रियताबाट आत्तिएका असुरहरुले यसलाई ध्वस्त गर्न थुप्रैपटक Virus हमला गरेका थिए । तर, 'रामरस' नामक Antivirus ले त्यसलाई सुरहरुले असफल बनाइ दिएका थिए ।।

भगवान श्रीकृष्णका १६०० गोपिनीको जुन कथा छ, तिनीहरु कृष्णका साच्चीकै Girl Friends नभएर Online Friends मात्रै थिए ।

कंश र कृष्णबिचको लडाइंपनि यसै विषयसग सम्बन्धित छ । कंशले कृष्णको Personal Blog www.krishnet.srg लाई Hack गरी रतिकृडाको फोटो Paste गरिदिएकाले बदलामा कृष्णले कंशको बध गरेका हुन् ।

भगवान श्रीरामलाई बनबास पठाउनुको कारण पनि इन्द्रनेट नै थियो । सीताका आंखा छलेर Chatting बसिरहने हुनाले तत्कालिन सुधारगृहको रुपमा रहेको जंगल पठाइएको हो । कैकयीले आफु च्यटिङ्मा बस्न नपाएको झोकमा राममाथी षडयन्त्र गरेकी थिइन् ।

रामले हनुमानलाई पनि 'Chatting' मा नै भेटेका हुन् भने हनुमानले लंकामा आगो लगाए भन्नुको तात्पर्य रावणको केन्द्रिय Server मा Virus Attack गरेका हुन् ।

महाभारतको लडाइंपनि Poker (Internetबाट जुवा खेल्ने) नै थियो । द्रौपदीले Mouse लुकाइ दिएकाले Mouse खोज्ने उद्धेश्यलेमात्रै उनको वस्त्रभित्र खोजखाज गरिएको हो ।

धर्तीमा इन्द्रनेट Open त हुन्थ्यो, तर Font को समस्याले गर्दा नरनारीहरुमा यसको पहुच सजिलो थिएन ।

इन्द्रनेट ले Support गर्ने 'मेनका' Font भएपनि मनुस्यले त्यो Font Download गर्न स्वर्गका प्राबिधिकहरुको सहयोग लिनु अनिवार्य थियो ।

एकदिन चार्वाक नामका मनुस्यले स्वर्गका प्राबिधिकको सल्लाह नलिइ मेनका Font Download गर्ने प्रयास गर्दा गलत प्रयोगको कारणले तिनै लोकमा महाप्रलय भएछ ।

दुर्भाग्य ! यही एक गलत Click को कारणले इन्द्रनेट को त्यो बिशाल सञ्जाल ब्रम्हाण्डसंगै बिनास भएर धेरैपछिमात्रै धर्तीमा श्रृष्टिको सुरुवात भएको हो भन्ने कुरा सत्य होइन,मनोज गजुरेलको कल्पना मात्र हो ।

No comments: